यहुदीलाई ‘राष्ट्रियता’ को व्याख्या गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्प

प्रकाशित मिति:

सीएनएन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यहुदी’ धर्ममात्र नभएर राष्ट्रियता पनि हो भनेर व्याख्या गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । ह्वाइट हाउसका अधिकारीका अनुसार उक्त आदेशले अमेरिकाका कलेजहरुमा बढिरहेको यहुदी भावनालाई नियन्त्रण गर्ने ट्रम्प प्रशासनको विश्वास छ । उक्त आदेशले ट्रम्पलाई इजराइल विरोधी भावनाविरुद्ध लड्नका लागि आगामी कदम चाल्न अनुमति दिनेछ ।

कलेज क्याम्पसहरुमा यहुदी विद्यार्थीहरुले गर्ने ट्रम्पविरोधी गतिविधिलाई नियन्त्रण गर्न सजिलो हुने बताइएको छ । यस कदमले संघीय नागरिक अधिकार ऐन १९६४ माथि प्रहार गरेको जनाइएको छ । उक्त ऐन अनुसार शैक्षिक संस्थाहरुलाई सरकारले उपलब्ध गराउने कोषमा राष्ट्रियता, रंग र जातका आधारमा कुनै भेदभाव गर्न नपाइने उल्लेख गरिएको एक उच्च अधिकारीले बताए । उक्त ऐनले धर्मलाई नसमेटेको हुँदा ट्रम्प प्रशासनले यहुदीलाई राष्ट्रियताका रुपमा ब्याख्या गर्ने कार्यकारी आदेशका जारी गर्न लागेको बताइएको छ ।

अमेरिकामा रहेका यहुदीहरुको समूहले ट्रम्पको भाषणको आलोचना गरेको चार दिनपछि उक्त आदेशमा ट्रम्पले हस्ताक्षर गर्न लागेका हुन् । ट्रम्पले शनिबार इजराइली-अमेरिकनको संस्थाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुलाई सन् २०२० को राष्ट्रपतिको निर्वाचनमा ‘आफूलाई मतदान गर्नुको विकल्प नभएको’ बताएका थिए । यहुदीहरुले उनलाई यहुदीको भावनाविपरीत अभिव्यक्ति दिएको भन्दै ट्रम्पको आलोचना गरेका थिए ।