एन ७ हर्ट्सद्वारा जेहेन्दार विद्यार्थीलाई गर्यो कपडा बितरण

प्रकाशित मिति:

बुटवल – युथ राइज फर ह्याल्प भन्ने मुल नाराका साथ स्थापना गरिएको एन ७ हर्ट्स (N 7 Hearts)द्वारा गरीब तथा जेहेन्दार विद्यार्थीका लागि न्यानो कपडा बितरण गरेको छ । बुटवल उप-महानगरपालिकाको नहरपुर माद्यमिक बिद्यालयमा रहेका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको क्लबका अध्यक्ष अमृत पाण्डेले सबलपोस्टलाई जानकारी दिनुभयो ।

स्थापनाको छोटो समयमै सामाजिक कार्यमा तल्लिन सामाजिक संथा एन ७ हर्ट्सले समाजमा रहेका बिपन्न समुदायको मुहाननै फेर्ने योजना लिएको छ । आउँदा दिनमा क्लबले अन्य सामाजिक कार्यहरु गर्ने योजना अनुरुप अघी समेत बढेको अध्यक्ष पाण्डेले बताए ।