अन्तर मण्डली ब्याडमिन्टन प्रतियोगीता सम्पन्न

प्रकाशित मिति:

बुटवल/बुटवल ख्रीष्टियन युथ क्लवको आयोजानमा बुटवलमा जारी अन्तर मण्डली ख्रिष्टीमस कप ब्याडमिन्टन प्रतियोगीता उपाधि पुरुष तर्फ दिपक थापा र महिला तर्फ मिका थापाले जितेकी छन् ।बुटवल ११ देवीनगरमा भएको प्रतियोगीतामा पुरुष तर्फ ईम्मानुयल चर्च नेपालका दिपक थापा प्रथम भएका छन् । यस्तै नवविन एजी चर्चका विवेक सिंह भुजेल द्धितिय भ एभने बेथानी चर्चका धिरज गुरुङ्गले तृतिय स्थान प्राप्त गरेका छन् । खेल संयोजक विजय नेपालीका अनुसार विजेता प्रथम ले १० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र,द्धितियले ६ हजार कप, मेडल र प्रमाणपत्र, तृतियले ४ हजार नगद सहित कप, मेडल र प्रमण पत्र प्राप्त गरेका छन् ।

यसस्तम हिला तर्फ ओमेगा चर्च भैहरवाका मिका थापा प्रथम भएकी छिन् । द्धितिय स्थानमा सोही चर्चबाट नै आरती मानन्धर र महिमा ज्वोति चर्चबाट आस्मता दर्लाली तृतिय भईन । महिला टिम बिजेता प्रथमले नगद ८ हजार सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरिने भने द्धितियले ५ हजार नगद सहित मेडल, कप र प्रमण पत्र, तृतिय ले ३ हजार नगद सहित कप मेडल र प्रमण पत्र प्राप्त गरेका हुन । विजेता सबैलाई खेलाडीहरुलाई प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम चन्द्र क्षेत्री, क्लवका अध्यक्ष होम गलामी, विशिष्ट अतिथि पास्ष्टर माधव न्यौपाने, विशिष्ट अतिथि देवीनगर ब्याडमिन्टन क्लवका अध्यक्ष बेनीराम विक, महिमा ज्वोति चर्चका पाष्टर खेम प्रसाद थापा, बेथानी बतिस चर्चका पाष्टर चित्र बहादुर गुरुङ्ग, स्वतन्त्र ख्रिष्टीयन चर्चका पास्टर तिलक थापा, आल्फा ओमेगा चर्चका पाष्टर विशाल थापाले पुरस्कार प्रदान गरेका थिए ।प्रतियोगीतमा विष्ट ईमजीङ्ग अर्वाड बाट पुरुष तर्फ धिरन गुरुङ्ग र महिला तर्फ सोनिया खड्कालाई पुरस्कृत गरिएको थियो । कार्यक्रम संयोजक विजय नेपालीका अनुसार प्रतियोगीतामा कुल १६ जना पुरुष र महिला तर्फ १३ जना खेलाडीहरु सहभागीता रहेका थियो ।