सुरुङमा थुनिएर १४ कामदारको मृत्यु

प्रकाशित मिति:

चीन – चीनको एक कोइला खानीको सुरुङमा थुनिएर १४ कामदारको मृत्यु भएको छ । अरु दुईजना अझै कोइलाखानीको सुरुङमा थुनिएकाले खोजी भैरहेको छ । सात जना कामदारको भने सकुशल उद्दार गरिएको छ ।

चीनको दक्षिण पश्चिमी ग्वान्झाउ प्रान्तको कोइलाखानीमा आज विहान सो घटना भएको हो । कामदार सुरुङमा फसकेको समयमा अत्याधिक ग्यास लिक हुँदा सो दुर्घटना भएको अनुमान गरिएको छ ।