बुटवल/रुपन्देहीको बुटवलमा जिल्ला स्तरीय अन्तर मावि एभरेष्ट कप भलिवल प्रतियोगिता शुरु भएको छ । एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयको आयोजनामा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा २४ छात्र र १६ छात्रा समुहको विद्यालयहरुको सहभागिता रहेको छ । विद्यालयको प्राङ्गण तथा सिद्धेश्वर लालकुमारी मा. वि. दिपनगरको खेलमैदान गरी दुई स्थानमा सञ्चालित प्रतियोगितामा मंगलबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । जसमध्ये छात्रा भलिबल तर्फ एभरेष्टले न्यू लुम्बिनी बोर्डिङ्गलाई दुई शुन्य, अक्सफोर्डले प्रगति मा.विलाई दुई शुन्य, न्यू इन्भाइरन्मन्टले कुँवरवर्तीलाई दुई शुन्य, न्यू होराइजनले मणिमुकुन्दलाई दुई शुन्य, सिद्धार्थले सगरमाथालाई दुई शुन्य, नव ज्योतीले शान्ती नमुनालाई दुई शुन्यको सोझो सेटमा हराएका हुन् ।
त्यसैगरी छात्र तर्फको भलिबलमा प्रगति मा. विले पशुपति मा. विलाई दुई एकले, अक्सफोर्डले शान्ती नमुनालाई दुई एकले, अन्नपुर्णले होराइजन जि. बि. एसलाई दुई एक, सिद्धार्थ गौतमले सिद्धेश्वरलाई दुई एकले, कुँवरवर्तीले बुद्ध पब्लिकलाई दुई एकको सेटमा विजयी भएको आयोजक विद्यालयका सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिए । प्रतियोगितामा विजयी हुने विद्यालय समुहले छात्र÷छात्रातर्फ नगद २०÷२० हजार प्राप्त गर्ने छन् भने उपविजेताले १५÷१५ हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने छन् । त्यसैगरी तृतिय हुने समुहले १०÷१० हजार नगद शिल्ड तथा प्रमाणपत्र हात पार्ने गौतमले बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीलाइै शैक्षिक, बौद्धिकसँगै अतिरिक्त कृयाकालप र खेलकुदमा पनि उत्तिकै सहभागि गराउनु पर्ने बताए । बौद्धिक क्षमता विकास तथा स्वास्थ्यका लागि पनि खेलकुद उत्तिकै जरुरी रहेका विद्यालयहरुले नियमित रुपमा खेलकुदको आयोजना गर्नु पर्ने सुझाव दिए । कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, शिक्षक माधव पौडेल लगायतले आफ्ना भनाई राखेका थिए । यसैबीच एभरेष्टले मंगलबारदेखिनै खेल सप्ताह सुरु गरेको छ । पौष ३ गतेसम्म हुने संचालन हुने खेल सप्ताहमा प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले हाइजम्प, लङजम्प, स्लो साइकल, म्युजिकल चेयर, बिभिन्न दुरिका दौड, स्याक रेस, स्पुन रेस, बेलुन ब्लास्ट, घैटो फोड लगायतका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । भने शिक्षक शिक्षिकाबीच भलिबल प्रतियोगिता, म्युजिकल चेयर र घैटो फोड लगायतका खेलहरु हुने प्लस टु संयोजक कृष्ण चौहान जानकारी दिए ।










