एजेन्सी/ इराकमा सरकारको बर्खास्तगी, भ्रष्टाचार नियन्त्रण तथा आिर्थक सुधार र रोजगारका अवसर सिर्जना हुनु पर्ने माग सहित एक महिना अघिदेखि आन्दोलन भइरहेको छ । यो आन्दोलनमा पहिलो पटक इराकी महिला पनि सहभागी भउका छन् ।यो पहिलो पटक हो जब इराकी सडकमा महिला आन्दोलनमा देखिएका छन् । महिलाहरु आमाबाबु तथा पतिको मन्जुरी लिएर र्यालीहरुमा सहभागी भएका हुन् । उनीहरु विरोध प्रदर्शनका लागि प्रमुख केन्द्र बग्दादको तहरिर चोकमा पुगेका छन् ।
त्यहाँ महिलाहरुले नै महिलाको चित्र बनाउँदै नारी शक्तिलाई संकेत गर्न खोजेका छन् ।इराक पितृसत्तात्मक देश हो । त्यसैले पनि त्यहाँ अहिले महिला आन्दोलनमा निस्किएको कुरा निकै प्राथमिकताका साथ उठेको छ । त्यसो त यो आन्दोलनमा राजनीतिक एजेन्डा नभएकाले पनि त्यहाँका महिलाले पाएको प्रोत्साहन विशेष रहेको छ ।यो इराकी आन्दोलनमा अहिलेसम्म ४ सयभन्दा धेरैको मृत्यु भइसकेको छ ।












