काठमाडौँ/गएराति भएको लिग कपमा लिभरपुलले सिजनकै लज्जास्पद हार भोगेको छ । लिग कपमा एस्टन भिल्लाले लिभरपुललाई ५-० गोलले पराजित गरेको हो ।पहिलो रोजाईका खेलाडीहरु आराम दिएको लिभरपुलले पाँच गोल खाएको हो । सबै नयाँ खेलाडीहरुलाई मैदानमा उतारेको लिभरपुलले खेलमा एक गोल पनि फर्काउन सकेन ।
एस्टन भिल्लाका लागि कोनर होउरी ह्यान, मोर्गान बोयस र वेस्ले एकएक गोल गरे भने जोनाथनले दुई गोल गरे ।लिग कप लिभरपुलका लागि विशेष महत्व नभएका कारण पनि उक्त रणनीति अपनाएको समिक्षकहरुले बताएका छन् ।अन्य विभिन्न खेलहरुका लागि लिभरपुललाई समय तालिका म्यानेज गर्नु पर्ने भएका कारण पनि लिग कपमा पराजित हुनु सही ठानेको हुन सक्ने समिक्षकहरु बताउँछन् ।