अस्ट्रेलियामा अत्यधिक तापक्रम बृद्धि, ४०. ९ डिग्री मापन हुँदा नयाँ इतिहास बन्यो

प्रकाशित मिति:

एजेन्सी – अस्ट्रेलियामा अत्याधिक गर्मी बढेको छ । अष्ट्रेलियाको पछिल्लो तापक्रम ४०.९ डिग्री मापन गरिएको छ । यो मापन त्यहाँको इतिहासकै सबैभन्दा उच्च हो । यसअघि अस्ट्रेलियामा सन् २०१३ को जनवरी ७ मा ४०.३ डिग्री तापक्रम मापन गरिएको थियो ।

तर मंगलबार मापन गरिएको उक्त तापक्रम हालसम्मकै सबैभन्दा उच्च रहेको त्यहाँको मौसमविभागले जनाएको छ । अस्ट्रेलियामा पछिल्लो समय सुखापन बढ्नुका साथै विभिन्न प्रकोपहरु बढिरेको छ । त्यहाँको तापक्र अझै बढ्नेसमेत अष्ट्रेलियाली मौसमविभागले जनाएको छ ।