‘नेपाल आइडल’ सिजन–३ आजबाट सुरू

प्रकाशित मिति:

बुटवल – सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’ सिजन–३ आजबाट सुरू हुँदैछ । अडिसन राउन्डका सबै श्रृंखला छायांकन गरिसकेको आयोजकले आजबाट प्रशारण सुरू गर्न लागेको हो । यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन ।

यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा यो सिजनमा देखिने छैनन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश पाएको स्रोतको भनाइ छ । कार्यक्रम राति ८ः३० बजे एपी वान टेलिभिजनबाट प्रशारण हुने छ । ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजेता बनेका थिए ।