जन्मदिनको अवसरमा मानव सेवा आश्रममा खाना प्रदान

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – नेपाली समाजमा पछिल्लो समय जन्म उत्सव, विवाह ब्रतबन्धमा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएका बेला बुटवलका एक किशोरले आफ्नो जन्मदिनका अवसरमा मानव सेवा आश्रम बुटवलमा रहेका अनाथहरुलाई खाना खुवाएका छन । बुटवलमा अध्ययन संगै ब्यवसाय गरिरहेका प्रदिप टण्डन तिलोत्तमा जेसिजका सदस्य पनि हुन । समाजमा जन्मउत्सव, विवाह, ब्रतबन्धन जस्ता कार्यमा भोजभतेर गरी फड्किलो गर्ने परिपाटीलाई उनले गतिलो झापड दिएका छन ।

त्यसो त प्रदिपका लागि यो अभ्यास नौलो थिएन , बिगतका बर्षहरुदेखिनै उनी आफ्नो जन्मदिनमा समाजमा रहेका असाहारा ब्यक्तीलाई मलम लगाउने काममा तल्लिन हुन्थे । उनले भन्छन जन्म दिनमा गर्ने खर्च अनाथ आमाबुवा ,दाजुभाइ तथा दिदी बहिनीहरुलाई एक छाक खाना मात्र खुवाए पनि केही हदसम्म राहत मिल्ने भएकाले यस्तो सोच आएको हो ।

उनको एक्लो प्रयासलाई इट्टा थप्ने काम भने तिल्लोत्तमा जेसिजले गर्‍यो ।  तिलोत्तमा जेसिज आयोजक रहेर आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी सामाजिक अभियानता मुक्तीराज पौडेल रहनु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथी पौडेलले मानवसेवा संसारको सबैभन्दा ठुलो सेवा रहेको प्रस्ट्याउनु भएको थियो ।  उहाँले रमणिय स्थलमा गएर जन्मदिन गर्नुभन्दा आश्रममा गएर सेवा गर्नुनै महान धर्म रहेको बताउनुभयो । उहाँले मानब सेवा आश्रमले सडक मानव मुक्त गर्ने अभियानको थालनी गरेको उक्त कार्य निकै सान्दर्भिक र निकै फलदायी रहेको बताउनुभएको थियो ।

तिलोत्तमा जेसिज बर्ष २०१९ का अध्यक्ष जयप्रकाश भट्टराईको अध्यक्षता उक्त कार्यक्रममा रहेको थियो । कार्यक्रमका अध्यक्ष भट्टराईले मानवताको सेवा गर्न पाउँदा आँफैलाई निकै खुशीको महसुस हुने बताउनुभएको थियो । उहाँले समाजमा रहेका असाहाराको हातेमालोमा तिलोत्तमा जेसिज सधैं लागिपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक भानु पोख्रेल , तिलोत्तमा जेसिज २०१८ का अध्यक्ष इस्वर पाण्डे ,तिलोत्तमा जेसिजका कार्यकारीणी उपाध्यक्ष महेश पौडेल, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको संथापक अध्यक्ष कमल थापा , अभिभाबक माया कार्की युवा ब्यवसाय योग श्रेष्ठ , अमृत गिरी , सुन्दर अर्याल लगायत सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन तिलोत्तमा जेसिज बर्ष २०१९ का महासचिब लोक प्रसाद भण्डारी (राजु) ले गर्नुभएको थियो ।