पश्मिच नवलपरासीको बुद्ध ज्योती प्राविको सभाहलमा शुक्रबार देखी सुरु भएको दुई दिने उद्घोषक तालिम सम्पन्न,

प्रकाशित मिति:

पश्मिच नवलपरासीको बुद्ध ज्योती प्राविको सभाहलमा शुक्रबार देखी सुरु भएको दुई दिने उद्घोषक तालिम शनिबार सम्पन्न भएको छ । रोशन किशोरी समुह सरावल ४ हात्तिवनको आयोजना तथा स्ट्रोम फाउण्डेशन नेपाल र एबीसी नेपालको सयँुक्त सहयोगमा सो तालिम सुरु भएको थियो । समुहकी अध्यक्ष रिंकीं कुमारी सहानीको अध्यक्षता तथा विद्यालयकी प्रध्यानाध्यापक विनोद पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा बोल्दै प्रमुख अतिथि पाण्डयले किशोरीहरुले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएकोमा खुसी ब्यक्त गर्दै किशोरीहरुले सञ्चालन गरिरहेका विभिन्न जनचेतनामुलक गतिविधिहरुमा अभिभावक पनि सहयोग गर्नुपर्ने जरुरी रहेको बताउनुभयो ।

साथै उहाँले यस तालिमबाट किशोरीहरुले सिकेका कुरा ब्यवहारमा उतार्न सके तालिमले पु्र्णता पाउने र यस तालिमले किशोरीहरुको जिवनमा राम्रो प्रभाव पार्ने समेत बताउनुभयो । सोही अवसरमा बोल्दै तालिमका प्रशिक्षक टेक बहादुर हरिजनले तालिम लिनु ठुलो कुरा नभई तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नु ठुलो कुरा रहेको बताउदै तालिममा सहभागि किशोरीहरुले तालिमबाट सिकेका कुरालाई ब्यवहारमा उतारी अरुलाई पनि सुसोचित गराई समाजलाई विकासको गतिमा अगाडी बढाउने सहयोग गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा अतिथिहरु शिक्षक प्रभा यादव लगाएत विद्यालयका अन्य शिक्षक, शिक्षिका, अभिभावक, समाजसेवी, बुद्धिजीवी लगाएतले मन्तब्य राख्नुभएको थियो । ४० जनाको सहभागिता रहेको तालिममा समुहकी सचिव राधा कुमारी चौधरीले स्वागत मन्तब्यबाट राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बाल क्लका जिल्ला समयोजक ज्ञानेश्वर सहानीले गर्नुभएको थियो ।