बुटवल – बुटवलमा रहेको बुद्ध सामुदायिक टेलिभिजनले आफ्नो कार्य समिति विस्तार गरेको छ । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा भएको कार्य समितिको वैठकले कार्यसमिति सदस्य र सल्लाहकार समिति मनोनिति गरेको हो । टेलिभिजनको विधानले व्यवस्था गरे अनुसशार अध्यक्ष ज्ञवालीले पेश गरेको कार्य समिति सदस्य तथा सल्लाहकारहरुको नाम कार्य समितिको पुर्ण वैठकले अनुमोदन गरेको हो । जस अनुशार कार्य समितिमा शेयर सदस्यहरु मध्येवाट दिर्घ वहादुर केसी कुमार, क्रषि काफ्ले र राम प्रसाद ज्ञवाली मनोनित हुनु भएको छ ।
त्यसैगरि कार्यसमितिको सल्लाहकारहरु पनि मनोनित गरिएको छ । मनोनित सल्लाहकारहरुमा रामचन्द्र ढकाल, रविराज ज्ञवाली, वरिष्ठ अघिवक्ता वेन वहादुर पौडेल, अनुपमान श्रैजु र पुनराम पोख्रेल रहेका छन् । टेलिभिजनको चौथो अधिवेशनवाट निर्वाचित कार्य समितिले मनोति गरेसंगै पुर्णता पाएको छ ।