खबर सुन्दै गर्व लाग्ने : कतारमा यसरी बाँचेका बिनोदले रंगशाला बनाउँन ‘धुर्मुश’सँगै ठेला पसल थापे

प्रकाशित मिति:

चितवन – केही व्यक्तिहरुको सहयोगी मन देख्दा मन रसाएर आउँछ । उनीहरुको सहयोगी भावनाले जो कोहीलाई गर्विलो बनाउँछ । चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरू गरेको धुर्मुस–सुन्तली फाउन्डेसनको सहयोगमा एउटा यस्ता पात्र आए । जसले चर्चा पाउन थालेका छन् । भएको के भने अहिले त्यहाँ ठेला पसल राखिएको छ । ठेला पसलमा बदाम, पानी, स्याउ, सुन्तला र मःम बेच्न राखिएको छ । यसबाट आएको रकम रंगशाला निर्माणका लागि सहयोग जम्मा गर्ने बचन पाएको फाउन्डेसनका प्रमुख सीताराम कट्टेल ‘धुर्मुस’ ले बताए।

आइतबार सुरू ठेला पसलबाट संकलन भएको सबै पैसा रंगशाला निर्माणमा खर्च गर्ने उनको भनाइ छ।  ठेलाका ब्यपारी भने बिनोद रानाभाट छन् । उनी कतारको जे’लबाट सबैको प्रयासपछि नेपाल फर्किएका थिए । नेपाल आएपछि पुर्नजीवन सामाजिक कार्यहरुमा लाग्ने उनको बचन छ । उनले बन्दै गरेको गौतम बुद्ध क्रिकेट रँगशाला निर्माणका लागि सहयोग होस् भनेर रंगशाला अघि सुन्तला बेच्न थालेका छन् । सिताराम कट्टेल धुर्मुसुले उनलाई यो जिम्मा दिएका छन् । रंगशाला निर्माणको काम धमाधम अघि बढेको छ । बिनोदले बेचेको सुन्तला कमाईबाट उठेको रकम रंगशाला निर्माणमै खर्च गरिने छ । पहिलो दिनमै ३ हजार हाराहारीको कमाई भएको अभियन्ता अर्जुन भुषालले बताए । ग्राहकहरुसँग रमाईलो गर्दै सुन्तला बेच्दै गरेका धुर्मुशले बिनोदलाई काम सुम्पदै उनको तारिफ गरे ।