हलिउड चलचित्र नो टाइम टु डाईुकी अभिनेत्री एगरको निधन

प्रकाशित मिति:

काठमाडौं/जेम्स बान्ड सिरिजको चौथो फिल्म ‘थन्डरबल’की हलिउड अभिनेत्री क्लाउडिन एगरको निधन भएको छ ।७८ वर्षीया फ्रेन्च अभिनेत्री एगरको पेरिसमा निधन भएको हो ।उनले सन् १९५७ मा मिस सिनेमाण्डको अवार्ड जित्नुका साथै १९५८ मा मिस वल्र्ड रनरअप भएकी थिइन् । १९९७ मा रिलिज भएको फ्रेन्च फिल्म ‘द रेड एन्ड ब्ल्याक’ उनको अन्तिम फिल्म थियो ।क्लाउडिनले १९५८ मा ‘क्रिस्टिन’ फिल्मबाट करियर शुरू गरेकी थिइन् । फिल्म निर्देशक पियरे गस्पर्डसँग उनी वैवाहिक सम्बन्धमा थिइन् ।

जेम्स बान्ड सिरिजमा अनुबन्ध हुने क्लाउडिन पहिलो फ्रेन्च अभिनेत्री थिक्ष्न् । हलिउडमा उनले टेरेन्च, यंगको ‘ट्रिपक क्रस’, ‘द मेमोयर्स अफ सर्लोक होम्स’मा पनि अभिनय गरेकी थिइन् ।जेम्स बान्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ २०२० को अप्रिलमा प्रदर्शनीको लागि तयार छ । अन्नपूर्ण पोस्टमा खबर छ ।