छोरालाई स्कुल पुर्याउन गएका बाबुको ज्यान गएपछी …

प्रकाशित मिति:

काठमाडौं –  काठमाडौंको गुर्जुधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका ७ चेकपोस्टका ४१ वर्षीय अर्जुनबहादुर केसीको ज्यान गएको छ ।

पुर्याउन कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्या्उन मोटरसाइकलमा गइरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको र ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।