नेपाल जेसीसको राष्टिय महाधिवशेन बुधबारबाट चितवनको रत्ननगरमा सुरु हुँदैछ । ४६औं राष्टिय महाधिवशेनबाट २०२० का लागि नयाँ नेतृत्व चयन हुनेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ। अध्यक्षका लागि अशोक शंखर, अरुणेश्वर खनाल र विकास मानन्धर प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धीमध्ये शंखर पथरी जेसीजका संस्थापक अध्यक्ष, खनाल बीसहजार जेसीजका पूर्वअध्यक्ष र मानन्धर काभ्रे जेसीजका पूर्वअध्यक्ष हुन् । जेसिसको विधान अनुसार प्रत्येक वर्ष अधिवशेनमार्फत यसको नयाँ नेतृत्व चयन हुन्छ ।एउटै व्यक्तिले एकै पदमा दोहोरिन नपाउने विधानमा व्यवस्था छ।
जेसिसको नेतृत्व लिन अध्यक्षका तीनै प्रत्यासी पूर्वदेखि पश्चिमसम्मका सबै प्रतिनिधिका बीचमा आ-आफ्नो प्रचारमा व्यस्त छन्।निर्वाचन अगाडी जेसिसमा उम्मेदवारहरुलाई प्रशिक्षण दिने प्रचलन पनि छ । सोही अनुसार, वाककला , नेतृत्व, ब्यक्तित्व लगायतका बिषयमा प्रशिक्षण दिइने गरिन्छ । यो प्रशिक्षणमा सहभागी नहुनेले उम्मेदवार वन्न नपाउने विद्यान जेसिसको छ । यस अगाडी अध्यक्षका लागि शंखर, खनाल र मानन्धरका अतिरिक्त विनोद सुवेदीले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर सुवेदी प्रशिक्षणमा सहभागी नभएका कारण उनको उम्मेदवारी खारेज भएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवारहरु चुनावी परिणाम आफनो पोल्टामा पार्नका लागि आन्तरिक रणनीति बनाउने र प्रचार प्रसारमा जाने रणनीतिमा जुटेका छन् । त्यस्तै, जेसिसको कार्यकारिणी उपाध्यक्षमा यसपटक जेसी शोभा खरेलले उम्मेदवारी दिएकी छिन् । जेसीज सदस्यहरूको नेतृत्व एवं व्यक्तित्व विकासको लागि नेतृत्व विकास कार्यशाला, तालिम एवं सामाजिक सेवामार्फत निरन्तर सदस्यहरूका माझ रहन रूचाउने खरेललाई हेटौंडा लेडी जेसीजले अगाडी बढाएको हो । जेसीआई हेटौँडा लेडीको सन् २०१६ को अध्यक्ष, एवं सन् २०१७ को राष्ट्रिय उपाध्यक्ष भएकी उनी नेपाल जेसीज बर्ष २०२० को लागि कार्यकारीणी उपाध्यक्ष पदमा उम्मेदवार बनेकी हुन् । – अन्नपूर्ण









