लोक नृत्य प्रतियोगिता : ‘दोस्रो स्थानमा नवीन औद्योगिक क.बा. रि.मावि’

प्रकाशित मिति:

बिपिन नेपाल/बुटवल – बुटवल उद्योग बाणिज्य संघको २० औं संस्करण अन्तर्गतको औद्योगिक ब्यापार मेलाको हिजो छैठो दिनको अवसर पारी खुल्ला बिद्यालय लोक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । “लगानी लुम्बिनीमा ,समृद्धि देशमा” भने मुल नारा सहित गरिएको औद्योगिक व्यापार मेलामा विभिन्न कार्यक्रम र प्रतियोगिता आयोजना गरिएको छ । सोही अनुसार हिजो ब्यापार मेलाको छैठौं दिनमा बिधालय लोक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । बुटवलमा रहेका विभिन्न सरकारी र निजि बिधालयले सहभागी जनाएको थियो । जुन प्रतियोगितामा बुटवलको सामुदायिक बिद्यालय मध्ये नवीन औधोगिक कदर बादुर रिता माध्यमिक बिद्यालयले दोस्रो स्थान ओगती सामुदायिक बिद्यालय मध्ये बाट एउटाले मात्र स्थान हासिल गर्न सकेको थियो ।

साथै अन्य निजि बिधालय मध्य बाट पहिलो स्थान हासिल गर्न बुटवलको एभरेस्ट इङलिस बोर्डिङ स्कुल सफल भयो भने तेस्रो स्थान दिप बोर्डिङ स्कुलले हासिल गरेको थियो । प्रतियोगितामा दुई वटा सामुदायिक बिधालय र अन्य निजि बिधालय गरि जम्माजमि पन्ध्र वटा बिधालयले सहभागी जनाएको थियो ।