ठुलापोखरा सम्पर्क समाज रुपन्देहीद्वारा न्यानो कपडा बितरण तथा सम्मान कार्यक्रम सम्पन्न
सबलपोस्ट/बुटवल – छत्रदेब गाउँपालिका वाड न ६ ठुलापोखरामा श्री जीवन ज्योती आधारभुत बिधालय तथा भगवती आधारभुत बिधालयमा रहेका अध्ययनरत बिद्यार्थी तथा अति गरिब अभिभावक लाई न्यानो कपडा बितरण गरेको छ । जीवन ज्योति आधारभुत बिधालयका ५० बिद्यार्थी र भगवती आधारभुत बिधालयका २५ बिद्यार्थी त्यस्तै सोही बिधालयका अति बिपन्न परिबारका अबिभाबक २२ जनालाई न्यानो कपडा बितरण गरेको छ ।साथै उक्त कार्यक्रम छ्त्रदेब गाउपालिका वाड न ६ का अपांग सिक्षक कृष्ण प्र पौडेल लाई सम्मान तथा आर्थिक सहयोग गरेको छ
सम्पर्क समाज ले स्थापन गरेको अक्षयकोष बाट रु ९०००/ रकम हस्तान्तरण गरेको हो ।उत्त कार्यक्रम प्रमुख अतिथी वाड न ६ का वाड अध्यक्ष कमल पौडेल तथा बिशेष अतिथी वाड सदस्य क्रमस सफिता शाह ज्ञान् प्र पाण्डे सुन्तली बिक ब्यबस्थापन समितीका अध्यक्ष कृष्णदेब पान्डे जीवन ज्योती आधारभुत बिधालयका प्र अ चिन्तामणी खनाल भगवती आधारभुत बिधालय का प्र अ ठाकुर पन्थी लगायत शिक्षक अभिभावक को उपस्तिथि रहेको थियो ।
प्रअ चिन्तामणी खनाल मन्तब्य राख्दै बिधालय पर्तीगरेको सहयोग उचित मूल्याकंन गर्दै साथै आगामी दिनमा पनि बिधालय प्रती सहयोगको अपेक्षा राक्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रम ठुलापोखरा रुपन्देही सम्पर्क समाज का अध्यक्ष गणेश भट्टराई को अध्यक्षता तथा सम्पर्क समाज का नेत्र पाण्डे को स्वागत मन्तव्य सम्पर्क समाजकै गोबिन्द बन्जाडे को मन्तव्य सम्पर्क समाज का सचिब टिकाराम बन्जाडेको सन्चालनमा सम्पन्न भएको थियो।










