बुटवल । बर्तमान समयमा बी पी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीति थप सान्दर्भिक भएको सरोकारवालाहरुले बताएका छन् ।
बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिद्धारा आज बुटवलमा आयोजित ‘बी पी को मेलमिलाप दिवस र आजको राजनीतिक परिवेशमा यसको सान्दर्भिकता’ बिषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताउका हुन् । मुलुकको राष्ट्रियता खतरामा पर्न लागेको महसुस गरेर बी पी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति अगाडी सारेर भारतबबाट नेपाल फर्केको स्मरण गर्दै उनिहरुले अहिले पनि मुलुकको सीमा मिचिएकोले सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय मेलमिलापको नीति थप सानदर्भिक र अपरिहार्य भएकोमा जोड दिए । बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिका सभापति नारायण अधिकारीको सभापतित्व र नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व मन्त्री अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल,पार्टीका जिल्ला सचिब रामकृष्ण खाँड, , बी पी बिचार राष्ट्रिय समाजका सल्लाहकार बिष्णु पोखरेल, नेपाली कांग्रेस महासमिति सदस्य बालकुममारी भण्डारी , नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य मदन कट्टेल,नेपाल मुस्लिम संघका केन्द्रीय सल्लाहकार महमद हुसेन लगायतले बी पी को मेलमिलापको नीति बारे आ आफ्नो भनाई राखेका थिए । बी पी बिचार राष्ट्रिय समाज बुटवल उपमहानगर समितिका उपसभापति जाकिर हुसेनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिब जयप्रकाश भट्टराइले गरेका थिए ।









