मलेसिया बाट आयो खुशीको खबर : ‘नेपाली श्रमिकको पारिश्रमिक बढ्यो’

प्रकाशित मिति:

काठमाडौं – मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ (बुधबार) बाट नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २ सय रिंगेट पुगेको छ।

यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ हो। यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक न्युनतम एक हजार एक सय सिंगेट पाउँदै आएका थिए। मलेसियामा वर्षेनी ४ लाख ५० हजारको हाराहारीमा नेपाली युवा जाने गरेका छन्। बढाइएको तलब सबैलाई लागू हुने दूतावासले बताएको छ।