उत्तर कोरियाबिरुद्धको नाकाबन्दी कार्यान्वयन गर्ने सरकारी कदमको अमेरिकी राजदूतबाट प्रशंसा

प्रकाशित मिति:

काठमाडौं । उत्तर कोरियाली गतिविधि बन्द गर्न नेपाल सरकारले खेलेको भूमिकाको अमेरिकाले स्वागत गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उत्तर कोरियाली गतिविधि रोक्न नेपाल सरकारले चालेको कदमको स्वागत गरेका हुन् । उनले संयुक्त राष्ट्रसंघको निर्णयलाई कार्यान्वयन गर्न नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।खबरहबले नेपालमा अबैध रुपमा सञ्चालित उत्तर कोरियाली गतिविधिको नियमित समाचार प्रकाशन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारले ‘एक्सन’ लिएको थियो । जसका कारण उत्तरकोरियालीले नेपालमा सञ्चालन गरेका अवैध काम रोकेका छन् भने सञ्चालित व्यवसाय पनि बन्द गराइएको छ । खवरहव वाट साभार