हेलिकप्टरको ‘इमर्जेन्सी ल्यान्डिङ’पछि ताइवानका प्रधानसेनापति बेपत्ता

प्रकाशित मिति:

ताइपेई — ताइवानका प्रधानसेनापति शेन यी मिङसहित ३ जना बेपत्ता भएका छन् । बिहीबार बिहान न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा उनीसहित १३ जना ‘ब्ल्याक हक’ हेलिकप्टरको आकस्मिक अवतरणपछि बेपत्ता भएको रोयटर्सले जनाएको छ ।ताइवानको वायु सेनाका जनरलसमेत रहेका शेन यी मिङसहित ३ जना बेपत्ता भएका हुन्। ताइवानको रक्षा मन्त्रालयका अनुसार हेलिकप्टरमा रहेका अन्य १० जना भने जीवितै भेटिएका छन्। उनीहरुको उद्धारका लागि ‘रेस्क्यू मिसन’ पठाइएको छ।प्रधानसेनापतिसहित अन्य तीन जनाको खोजी भइरहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। आगामी जनवरी ११ तारिखमा राष्ट्रपतीय तथा संसदीय चुनाव हुनुअघि यो दुर्घटना भएको हो। यो चुनावलाई बेइजिङसँगको सम्बन्धका बारेमा जनमतसंग्रहका रुपमा पनि हेरिएको छ । चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका तर्फबाट निवर्तमान राष्ट्रपति साई इङ वेन र कुमिन्ताङ पार्टीबाट हान कुओ युबीच प्रतिस्पर्धा हुने भएको छ ।एजेन्सी