उत्पादनमा जोड दिन जरुरी -वडा अध्यक्ष अधिकारी

प्रकाशित मिति:

स्याङ्जा ।भिरकोट नगरपालिका वाड नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारीले कृषिमा व्यवसायिकता नभई देशको आर्थिक उन्नति हुन नसक्ने वताउदै कृषकहरुलाई उत्पादनमा जोड दिन आग्रह गरेका छन् । जनशक्ति कफी तथा सुन्तला समूह भिरकोट ५ को १४ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा उनले कृषि क्षेत्रको विस्तार र उत्पादनका लागि नविनतम सोंच र प्रविधिको प्रयोग गर्नुपर्ने औल्याए ।

यस क्षेत्रमा कफी तथा सुन्तला उत्पादनका लागि उपयुक्त भएजस्तै स्थानीय हावापानी र प्राविधिक संभाव्यताका आधार तरकारी, अन्नवाली, फलफूल लगायतको उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने सुझाव दिए ।कार्यक्रममा समुहकी सरिता थापा। बोधवहादुर थापा, लक्ष्मी थापा, जीतबहादुर थापा लगायतले कृषि क्षेत्रको स्तरउन्नतीमा स्थानीयतहले सहयोग गर्नुपर्ने वताएका थिए । जनशक्ति कफी तथा सुन्तला समुहका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नन्द कुमारी थापा र सन्चालन समूहकी सचिव मञ्जु थापाले गरेकी थिइन् ।