एजेन्सी /इंग्लिस क्लव लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । एभर्टनमाथि १-० को जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो।घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कर्टुइस जोन्सको एक मात्र गोल निर्णायक बन्यो ।पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७१औ मिनेटमा जोन्सले ओरिगीको पासमा गोल गरे।
त्यसपछि एभर्टन खेलमा फर्कन सकेन र पराजित भयो। जसका कारण एभर्टन तेस्रो चरणबाट बाहिरीयो ।










