जनकपुरका मेयरको अगुवाइमा १२ जना पत्रकारमाथि कुटपिट

प्रकाशित मिति:

काठमाडौँ – जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ। मेयर लाक किशोर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहित १२ जना पत्रकारहरुमाथि कुटपिट भएको हो । कुटपिटबाट कान्तिपुर टीभीका संवाददाता ठाकुरलाई चोट लागेको छ। मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए। पत्रकारहरु मेयरको भनाइ लिन उनको चेम्वरमा गएका थियौँ, अचानक आक्रमण भयो, मलाई पनि हेल्मेटले चोट लागेको छ’, देशसञ्चारका जनकपुर संवाददाता राजा झाले भने ।देश सन्चार वाट साभार