तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडको १६ औं बैठक सम्पन्न

प्रकाशित मिति:

अमृत पाण्डेय
श्री तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेडको १६ औं बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बैठकले विभिन्न नितीगत निर्णय गर्नुका साथै बहुउद्धेश्य अनुसारको कार्य गर्ने लक्ष्यका साथ कृषिमा आधारित उत्पादन, बजारीकरण , प्रशोधन र भण्डारण गर्ने निर्णय गरेको सचिव पार्वती थापाले बताइन् । बैठकमा संरक्षक तथा संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन यमबहादुर खत्री, निवर्तमान अध्यक्ष ढालबहादुर कार्की लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।