ह्वाइट हाउसको सुरक्षा बढाइयो, आक्रमण भए अमेरिकाभित्रै हमला गर्ने इरानको चेतावनी
एजेन्सी – इराकस्थित सैन्य शिविरमाथि इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले ह्वाइट हाउसको सुरक्षा बढाएको छ। राष्ट्रपति भवन वरपर साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन्। कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको सीएनएनले जनाएको छ।
♦अमेरिकी सैनिक क्याम्पमा इरानको मिसाइल हमला-
उता इरानले आफ्नो भूमीमा एउटै बम खसालेमा दुबई, संयुक्त अरब एमिरेट्स (युएई), इजरायलमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ। इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्सले इराकस्थित अमेरिकी सैन्यवेसमा गरिएको मिसाइल हमलाका विरुद्ध अमेरिकाले जवाफ दिए त्यहीँ छिरेर हमला गरिने चेतावनी समेत दिएको छ। इरानले आफ्नो सैन्यवेसमा आक्रमण गरेपछि केहीबेरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीबेरमा सम्बोधन गर्दैछन्।












