कर्ण वोगटी \ अमेरीका
ह्युस्टनको अगुवा स़स्था नेप्लीज् हेरिटेज युनियन एन एच यू को दोश्रो बार्षिक महाधिवेसन भव्यताका साथ आसियाना रेस्टोरेंटमा सम्पन्न भएको छ । कार्यक्रमलाई खुल्ला सत्र र बन्द सत्र गरी दुई चरणमा बिभाजन गरिएको थियो । अध्यक्ष बिदुर दवाडीको अधक्षतामा सुरु भएको खुल्ला सत्र कार्यक्रमलाई संस्थाका सचिब कर्ण बोगटीले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष बाबुराम बस्याल ले गर्नु भएको थियो ह्युस्टन बासी आमा बुवा दिदी बहिनी ,दाजुभाई तथा बिभिन्न सँघ सस्थाका प्रतिनिधी हरुको सहभागिता रहेको कार्यकममा सस्थाका महासचिब दिसोज न्योपाने ले सस्थाको बार्षिक कार्य योजना प्रस्तुत गर्नु भएको थियो । त्यस्तै कार्यक्रमका जेस्ठ नागरिक तथा अतिथि उदयराज भण्डारी द्वारा लिंक क्लिक गरेर वेव साइट उद्घाटन गरिएको थियो भने सस्थाका कोषाध्यक्ष द्वारा सस्थाको आय व्यय विवरण प्रस्तुत गरिएको थियो । अन्तमा सस्थाका तत्कालीन अध्यक्ष बिदुर दवाडी द्वारा संस्थाका पदाधिकारी निमन्त्रित खुला सत्रको समापन अर्थात समिति बिघठन गर्नुभएको थियो बन्द सत्र निर्बाचन समितिकासयोजक लक्ष्मण भण्डारी को नेतृत्वमा तिन सदसिय समिति थियो जसमा दामोदर पंगेनी र तुल्क्षीराम बस्याल सदस्य रहनु भएको थियो जसमा चण्डी भण्डारी को नेतृत्वमा तिन सदसीय अध्यक्ष , कोषाअदक्ष र महासचिब निर्बिरोध चयन हुनु भएको थियो भने तेसपछी अध्यक्ष भण्डारीको मनोनियनमा कमिटि लाई पूर्णता दिइएको थियो र विजय सबैलाई निबर्तमान अध्यक्ष द्वारा टिका लगाई बधाई ज्ञापन गरिएको थियो जसमा अन्य सस्थाका पर्तिनिधिले समेत बधाई दिएका थिय अन्तमा नव निर्बाचित भण्डारी द्वारा नया कार्योजना पस्तुत गरि कायकर्म को समापन गरिएको थियो।












