यूवाहरुको परिचालनवाट मात्र मुलुकको समृद्धि सम्भव छ : सांसद मल्ल

प्रकाशित मिति:

चापाकोट। गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले देशमा रहेका यूवाहरुको परिचालनवाट मात्र मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताएका छन्। चापाकोट नगरपालिका वाड नं ५ स्थित हिलामराङमा कालीका युवा क्लवको १९ औं वार्षिक उत्सव तथा विविध सास्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मल्लले स्थानीय स्तरमा युवा क्लबहरु स्थापना गरी खेलकुद, कृषि उत्पादन र सामाजिक विकासका लागि युवाहरुलाई क्रियाशील बनाउनु पर्नेमा जोड दिएका छन् ।वर्तमान सरकारले यूवाहरुको विषयमा ठोस नीति ल्याउन नसक्दा वर्षेनी लाखौंको संख्यामा यूवाहरु विदेशिनु वाध्य हुनु परेको वताउदै प्रदेश सांसद मल्लले उद्दमशिलताको विकासवाट रोजगारीको अवसर श्रृजना गरी युवाहरुलाई विदेश जानवाट रोक्नका लागि सरकारले ठोस कदम चाल्नुपर्ने वताएका छन् ।

मुलुकको राजनीतिक परिवर्तनमा यूवाहरुको भूमिका महत्वपूर्ण रहेको वताउदै मल्लले वर्तमान सरकारले युवामैत्री कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् ।कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले युवाहरुले गाँउ गाँउमा खोलेका क्लवहरुले खेलकुद प्रतियोगिता आयोजना हुँदा अर्थतन्त्र चलायमान भई खेलकुदको विकासका साथै दिगो विकासमा पनि टेवा पुग्ने वताएका छन् । खेलकुद सामाजिक–आर्थिक विकासको एक महत्वपूर्ण माध्यम भएको वताउदै नगर प्रमुख गिरीले खेलकुदमा सक्रिय सहभागिताले सामुदायिक स्वास्थ्य र क्षमता अभिवृद्धि हुने वताएका छन् ।कार्यक्रममा नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सभापती ईश्वर खाँण, चापकोट नगरपालिका वाड नं ४ का वडा अध्यक्ष विक्रम सारु, वाड नं ५ का इन्द्र साही, नगर सल्लाहकार विश्वास पुरीले लोकतन्त्रको रक्षाका लागि यूवाहरुको भुमिका महत्वपूर्ण भएकाले गाँउ गाँउवाट यूवा जागरण ल्याउनुपर्ने वताए ।क्लवका अध्यक्ष मुकुन्द केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सीता परियारले गरेकी थिइन । भने स्वागत मन्तव्य क्लवका संस्थापक सदस्य मोहन पाण्डेले गरेका थिए ।तस्बीर विश्वास पुरी