इराकमा रहेका नेपाली शान्ति सेनालाई सतर्कता अपनाउन निर्देशन

प्रकाशित मिति:

काठमाडौं/अमेरिका र इरानबीच द्वन्द बढेपछि नेपाली सेनाले इराकमा शान्ति स्थापनाका खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।इराकमा अमेरिकाले गरेको हवाइ कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको ज्यान गएपछि अमेरिक र इरानबीच द्वन्द बढेको हो ।अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको थियो ।

उक्त आक्रमणपछि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको हो । हालसम्म नेपाली सैनिकहरु भने सकुशल रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।शान्ति स्थापनाका लागि इराकको किर्कुक र इर्बिलमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।