काठमाडौं– त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा दुई वटा जहाज ठोक्किएका छन् । सोमबार विहान जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सको जहाज ठोक्किएका हुन् ।
दुबै जहाजमा सामान्य क्षति भएको विमानस्थल श्रोतले जानकारी दियो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ ।









