कालिगण्डकी ए जलविद्युतले स्थानीयतहलाई दीनु पर्ने रोयल्टी तत्काल वितरण गर्न सांसद मल्लको माग

प्रकाशित मिति:

सबलपोस्ट – गण्डकी प्रदेशका प्रदेश सांसद एबम नेपाली कांग्रेसका युवा नेता प्रकाश मल्लले आज सञ्चालित गण्डकी प्रदेश सभामा बिशेष समय लिएर २ वटा बिषयलाई सभामुख समक्ष पेस गर्नुभएको छ ।

उहाँले कालिगण्डकी गाउँपालिका वडा नम्बर ७,५ मा रहेको कालिगण्डकी ए जलविद्युत परीयोजनाले जिल्लाको पानी र जमिन उपयोग गरेबापत हाललाई रोकिएको प्रती सभामुख समक्ष उक्त रोकिएको रकम स्याङ्जाका स्थानिय तहलाई दिलाउने बातावरण मिलाउन आग्रह गर्नुभयो ।

साथै भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै ११० वटा गन्तब्य स्थल बनाइएको र स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ५ को साबिकको पिडीखोला गाबिसको वडा नम्बर ८ मा रहेको सेतीवेणी शालीकराम सिला स्याङ्जाको क्षेत्रलाई पर्बतको भनेर घोषणा गरिएको प्रती घोर आपत्ति जनाउदै एतिहासिक क्षेत्रको बिबादित बनाउने काम प्रदेश सरकारले तत्काल रोकी स्थानियको माग र पहिचानलाई सम्बोधन गर्न समेत आग्रह गर्नुभयो ।