इमरान खान
रुपन्देही २२ असोज । बिपद् जोखिम न्युनिकरण अन्र्तराष्ट्रिय दिवसका अवसरमा रुपन्देहीको माझगावमा आइतबार “ आगजनी सम्बन्धी खोज तथा उद्धार अभ्यास ” अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोतहिमाई गाउपालिका वडा नं. ५ स्थित श्री आर्दश उच्च मा.बि. मझगावमा सशस्त्र प्रहरी बल नेपाल गण हेड क्वाटर रुपन्देहीको आयोजनामा “ बिपद् जोखिम न्युनिकरणका लागि लगानी बढाउँ, आर्थिक क्षति घटाउँ ” भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बागटी रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरिक्षक अपार प्याकुरेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला स्थित नमुना एकिकृत बिकास परिषद्का पदाआधिकरीहरु, बिभिन्न समाजिक संस्थाका पदाआधिकारीहरु, नेपाल रेडक्रस सोसाइटीका पदाआधिकारीहरु, मर्चवारी, सम्मारीमाई, कोटहिमाइ गाँउपालिकाका प्रमुख तथा सदस्यहरु , आर्दश उच्च मा.बि.का बिधार्थी, शिक्षक तथा स्थानीयबासी लगायत हजारौ भन्दा बढीको सहभागीतामा प्रशिक्षण दिएको सशस्त्र प्रहरी बल नेपाल बागटीका प्र.नि. अपार प्याकुरेलले बताए । साथै यस कार्यक्रमलाई सबै गाँउपालिकाका प्रमुखहरुले अफनो मन्तब्यकै क्रममा धन्यबाद दिएका थिए । गाँउपालिकाका प्रमुखले सशस्त्र प्रहरी बल नेपालले बिपद् ब्यवास्थापन को क्षेत्रमा गरेको कार्यहरु सह्रनीय रहेको समेत चर्चा गरेका थिए ।












