काठमाडौं – साझा यातायात प्रालिलाई विधुतिय बस खरिद गर्न सरकारले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहितले फिर्ता माग्ने भएको छ । मन्त्रिपरिषदको बैठकले निर्धारित समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको हो ।
गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साझालाई दिएको रकम ब्याजसहित फिर्ता माग्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । साझा यातायातलाई ३ सय वटा विद्युतीय बस खरिद गरी सञ्चालनका लागि सरकारले शेयर बापत ३ अर्ब रुपैयाँ दिएको थियो।









