शिलान्यास भएको २७ महिना पछि अर्घाखांचीमा निमार्ण गरिने भनिएको विमानस्थलको सर्भे गरिदै
अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवति विमानस्थलको शिलान्यास भएको २७ महिना पछि ड्रोन क्यामेरा मार्फत डिटेल सर्भे सुरु भएको छ । एक भब्य र तामझामका साथ शिलान्यास भएको २७ महिना पछि विमानस्थलको डिटेल सर्भे सुरु भएको हो । शिलान्यास भएपछि विमानस्थल क्षेत्रमा भएका रुखहरु काटिएका छन । रुखहरु काटिएपछि डिटेल सर्भे ड्रोन मार्फत सुरु गरिएको छ ।
क्यामरालाई ईन्जीनियर गुरुदत्त भट्टराईले आकाशमा उडा्न गर्नु भएको हो । निर्माणाधिन बिमानस्थलको ड्रोन क्यामरा मार्फत डिटल सर्भे गर्ने कार्यक्रममा नेपाल सरकारका पुर्बउपप्रधान मन्त्री एवं अर्घाखाँची जिल्ला प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझी, राष्ट्रीय सभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेश सांसद रामजि प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, उपप्रमुख रीषी बहादुर पुलामी, सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , नेपाली कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कान लगायतको उपस्थीति रहेको थियो ।
पुर्बउपप्रधान मन्त्री टोपबहादुर रायमाझीले निर्माणाधिन अर्घाभगवति बिमानस्थललाई छिट्टै सम्पन्न गर्न आफु लागि परेकोे बताउनु भएको छ । निर्माणाधिन बिमानस्थलको ड्रोन क्यामरा मार्फत डिटल सर्भे गर्ने कार्यक्रममा संक्षिप्त रुपमा कुराकानी गर्दे रायमाझीले उक्त कुरा बताउनु भएको हो ।
सन्धिखर्क नगरपालिका वाड न. १० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको बिमानस्थलको २०७३ साल असार १३ गते तत्कालिन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गरेका थिए ।
२०७३ सालको असार १३ गते भएको शिलान्यास कार्यक्रममा तत्कालिन उपप्रधानमन्त्री टोप बहादुर रायमाझि मात्र नभई नागरिक उड्यन प्राधिकरणका निर्देशक धु्रवदास मोहिमोया पनि उपस्थित थिए । नगारिक उड्न प्राधीकरणले काम गर्न ढिला गरेकोमा विमानस्थल बन्ने नबन्नेमा जिल्लाबासीहरु शसंकित भएका छन ।
विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासिहरु अब विमानस्थल नबन्नेत हैन भनेर चिन्ता ब्यक्त गर्न सुरु गरिसकेका छन । रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छकि भन्नेमा स्थानीय तथा जिल्लाबासीहरुले आसा गर्न थालेकोमा बल्ल डिटेल सर्भे सुरु हुन थालेपछि त्यो आशा पनि निरासामा परिणत हुनेत हैन भन्ने चर्चा चल्न थालेको छ ।












