चौथो जिल्ला स्तरीय खुल्ला नकाआउट क्रिक्रेट प्रतियोगिताको आजको खेलमा बुटवल युथ क्लब विजयी
सैनामैनाको लम्टीयामा जारी चौथो जिल्ला स्तरीय खुल्ला नकाआउट क्रिक्रेट प्रतियोगिताको आजको पहिलो खेलमा बुटवल युथ क्लब विजयी भएको छ ।नुमना युथ क्लब रामापुर र बुटवल युथ क्लब विच भएको प्रतिस्पार्धामा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल क्लबले निर्धा्रित १६ ओभरमा १०८ रन जोड्न सफल भएको थियो ।जवाफी मैदानमा उत्रिएको नुमना युथ क्लब पुरै ओभरमा ७ विकेटको क्षेतिमा ९१ रनमा समेटिएको हो । त्यस्तै आजको दोस्रो खेलमा एभेरष्ट युथ क्लब विजयी भएको छ । एभेरष्ट युथ क्लब र आयोजक वि विच भएको प्रतिस्पर्धामा ब्याटिङकको निम्तो पाएको आयोजक वि ले निर्धा्रित ओभरमा ९६ रन मात्र लिन सफल भयो ।उक्त लक्ष्य ४ विकेटको क्षेति र १२ ओभरमा एभरेष्ट युवा क्लबले सजिलै भेटाउन सफल भएको हो । त्यस्तै आजको म्यान अफ द म्याच सञ्जु बोहरा र दिपेश ठकुरी घोषित भएका छन् ।
।यस्तै भोलीको पहिलो खेलमा नया गाउ मावि र नवप्रभात युथ क्लब कपिलबस्तु विच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।यस्तै प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार,द्धितिय हुनेलाई ३० हजार नगद धनराशी प्रदान गरिने आयोजकले जनाएको छ ।यसैगरि म्यान अफ द टुर्नामेन्टलाई ३ हजार,बेष्ट ब्याटमेन्ट,वेष्ट फील्डर,वेष्ट बलरलाई क्रमश २ –२ हजार प्रदान गरिने समेत जानकारी गराइएको छ । प्रतियोगिता कात्तिक ५ गते सम्म चल्ने आयोजकले जनाएको छ ।