सुत्केरी उद्धार गर्न जुटे कलाकार ।

प्रकाशित मिति:

असोज २३ काठमाडौं । अनाथ, अशक्त बालबालिकाको उपचार गर्न तथा सुत्केरी हुन नसकेका दुर्गमका महिलाको हेलिकोप्टर मार्फत उद्धार गर्दै अाएको संस्था ‘घर आँगन नेपाल’लाई वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा‍. भोला रिजालदेखि कलाकारसम्मले सहयोग गरेका छन्। सोमबार राजधानीमा अायोजित एक कार्यक्रमका बीच विभिन्न संस्था तथा व्यक्तिले घर अाँगनललाई आर्थिक रकम हस्तान्तरण गरेका हुन्।

संस्थाको विकासका लागि डा भोला रिजालले ५१ हजार रुपैयाँ सहयोग प्रदान गरे। त्यसैगरी फिल्म छक्का पञ्जा टिमले रु १ लाख ६ हजार प्रदान गरेको छ भने पाथिभरा सहकारी संस्थाले पनि रु १ लाख ६ हजार रुपैयाँ स‌ंस्थालाई हस्तान्तरण गरेका छन्।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी भावी योजना सार्वजनिक गरेको स‌ंस्थाले सुत्केरी हुन नसकेका महिला उद्धार गर्ने लक्ष्य लिएको छ।

घर आँगन नेपालका प्रमुख अभियान्ता तथा समाजसेवी दीपक सिलवालले केही महिनाअघि सिन्धुपाल्चोक जिल्लाका प्रसव वेदनामा छट्पटाइरहेका २ महिलालाई हेलिकोप्टर मार्फत आकस्मिक उद्धार गरेका थिए। उक्त कार्यमा डा. रिजालले प्रत्यक्ष साथ दिएपछि देशभर सेवा विस्तारमा आफू लागी पर्ने अभियन्ता सिलवालले बताउँदै आएका छन्। डा भोला रिजाल, पूर्व सेनापति रुकमांगत कटुवाल, सञ्चारकर्मी नरेश भट्टराईलगायतले सिलवालको अभियानमा साथ दिएका छन्।

अभियान सफल पार्न सिम्रिक एयरले संस्थाालाई सहयोग गर्दै अाएको छ। सिलवालका अनुसार १ वर्ष लामो संर्घषपछि अभियानका लागि सिम्रिक एयर सहयोगका लागि तयार भएको हो। अबका दिनमा सुत्केरी हुन नसकेर छट्पटाइरहेका महिलाहरुको उद्धारका लागि पूर्वमा लुक्ला, पश्चिममा पोखरा र मध्यमा काठमाण्डौंमा रहेका हेलिकप्टरहरुले सहुलियत दरमा सेवा प्रवाह गर्नेछन्।

संस्थाले वि.स. २०७० बाट सामाजिक कार्य गर्दै अाएको छ।

थप समाचार