पत्रकारलाई सार्वजनिक स्थलमै चड्कन लाउने नायिका पूजा शर्माको चेतावनी

प्रकाशित मिति:

असोज २३ काठमाडौं । बेलाबेलामा चर्चा र विवादमा आइरहने नायिका पूजा शर्माले एक पत्रकारलाई सार्वजनिक स्थलमै चड्कन लगाउने धम्की दिएकी छन्।
आफ्नो नामको दुरुपयोग गर्दै युट्युबमा भिडियो टाइटल राखेको भन्दै उनले सार्वजनिक स्थलमै चड्कन लगाउने उद्घोषसहित स्टाटस लेखेकी हुन्।

कलाकार तथा भिजे शिशिर भण्डारीले सञ्चालन गरेको च्यानलमा आकाश श्रेष्ठसँग लिइएको भिडियोमा राखिएको शीर्षकमा उनले आपत्ति जनाएकी हुन्।

केही समय अगाडि मात्रै रिलिज भएको रामकहानीका नायक आकाश श्रेष्ठसँग पूजा शर्माका नाम जोडीइरहेको छ। हुनत रामकहानी प्रदर्शन अगाडिसम्म नाम जोडिदासम्म पूजालाई केही फरक परेको थिएन। तर यति बेला पूजालाई आकाशसँग नाम जोडिएको पटक्कै चित्त बुझिहरेको छैन। रामकहानी रिलिज पछि किन यति धेरै फरक पर्न थाल्यो?

कतै आकाशसंग पनि पूजाको सम्बन्ध बिग्रिएको त हैन ? जे होस् उनको आवेग र रिस स्टाटसमार्फत प्रष्ट देखिएको छ। उनको आवेग र रिस भरिएको स्टाटस भने यती बेला डिलिट भइसकेको छ।