अबिरल आलोक – सिओल, दक्षिण कोरिाया । कांग्रेस नेतृ तथा गिरिजा प्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइराला र रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाद्धारा कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशनको कोरिया शाखा गठन गरिएको छ । दक्षिण कोरियाको राजधानी सिओलमा आज एक कार्यक्रमका बीच उक्त फाउण्डेशनको उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी नेतृ कोइरालाले गिरिजा प्रसाद सबैको साझा नेता भएको सुनाउँदै फाउण्डेशनमा आवद्ध हुन सबैलाई आग्रह गरिन् । उनले आफूलाई फाउण्डेशनको लागि विश्वभरि छरिएर रहेका नेपालीहरुलाई सहयोग गर्नसमेत अपिल गरिन्।कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले गिरिजाप्रसाद कोइराला नेपालको गणतन्त्रको सूत्रधार भएको सुनाउँदै उनको राजनीतिक योगदानबारे प्रकाश पारेका थिए । ध्यक्षमा डा अग्नि राज कोइरालाको अध्यक्षतामा जीपी कोइराला फाउण्डेशन कोरिया शाखा भब्यताका साथ उद्घाटन भएको छ।









