चीनबाट फर्किने नेपालीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने

प्रकाशित मिति:

काठमाडौं/ सरकारले चीनबाट फर्किने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ ।आज सिंहदरबारमा सुरक्षा निकाय प्रमुखको सहभागितामा बसेको बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने निर्णय गरेको हो । स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिनेछ ।

कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुवेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी सरकारले गरेको हो । त्यहाँ रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ। स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।चीनमा रहेको नेपाली राजदुतावासले चीनमा रहेका विद्यार्थी फर्काउनको लागि तयारी पूरा भएको जानकारी गराइसकेको छ ।

थप समाचार