ग्यास बिक्रेता संघ रुपन्देही पश्चिम शाखाको साधरण सभा

प्रकाशित मिति:

               सुरक्षित ग्यांस चुल्होको प्रयोग सम्बन्धी तालिमको आवस्यक,ग्यांस बिक्रेताहरुको बिमा ५ लाख सम्म हने
जगिलाल थापा/सुद्धोधन – देशभरका एलपी ग्यास ब्यबसायीहरुको सामुहिक ऐक्यबद्दता आत्म निर्भर र ब्यबस्थित कारोबार हाम्रो प्रतिबद्धताू भन्ने अभियान सहित नेपाल ग्यांस बिक्रेता संघ,पश्चिम शाखा रुपन्देहीको आठौं साधारण सभा तथा पाचौं अधिबेशन सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले ग्यांस बिक्रेता तथा ब्यबसायीहरुलाई सम्बोधन गर्दै ग्यांस र चुल्हासंग प्राय महिलाहरुको प्रतक्ष सम्बन्ध हुने र ग्यांसको प्रयोग र सुरक्षित हुने तरिकाबारे ज्ञान महिलाहरुमा हुनु प्रने बताउदै संघले सुरक्षित ग्यांस प्रयोग सम्बन्धी तालिम संचालन गर्नु पर्ने सुझाब दिनु भएकोछ।सैनामैना नगरपालिकाले औधोगिक ग्राम सैनामैनाको लालमटियामा स्थापना गर्न लागिरहेको सैनमैनालाई औधोगिकमय नगरपालिका बनाउनमा ग्यांस बिक्रेता ब्यबसायीहरुबाट महत्वपुर्ण भुमिका हुने बताउदै संघलाई आवस्यक जग्गा उपलब्ध गराउन नगरपालिका सकारात्म भएको बताउनु भएको छ।

विशिष्ट अतिथि तथा ग्यांस बिक्रेता संघ,रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थले ग्यांस बिक्रेताहरु कुनै पनि दृष्टिले नाफामुलक नभई सेवामुलक ब्यबसाय भएकोले संघको अगुवाईमा हरेक डिलरसिपहरुको ५ लाख सम्म बिमा गर्ने कार्यक्रम भएको र तत्काल डिलरसिपहरुको बिमा गर्ने कार्यलाई संचालन गरिने बताउनु भएकोछ। अध्यक्ष पन्थले फुटपाथमा बिना ईजाजत ग्यांस चुल्हा मर्मत गरेको बहानामा अत्याधिक पैसा असुल गर्दै हिड्ने अनधिकृत ब्यक्तीहरुलाई सम्बन्धित स्थानिय निकायले निगरानी गर्नु पर्ने र ती अनधिकृत ब्यक्तिहरुलाई कार्बाही गर्नको लागि स्थानिय सरकारका जनप्रतिनीधीहरुलाई आग्रह गर्नु भएकोछ।

बुटवल उपमहानगर पालिका वार्ड नं। १२ का कार्यबाहक वडा अध्यक्ष नगेन्द्र आचार्यले ग्यांस ब्यबसाय जोखिम र सेवामुलक ब्यबसाय भएकोले संस्थाले ब्यबसायीहरुको हितमा काम गर्नु पर्ने बताउदै संघले ब्यबसायीहरुलाई बार्षिक रुपमा कम्पनीबाट बोनस पाउने उपलब्ध गराउन पहल गर्न पर्नेमा जोड दिनु भएकोछ।

सैनामैना ब्यापार संघका महासचिब देवराज शर्माले ग्यास बिक्रेता ब्यबसायीहरुलाई नाफा गर्ने ब्यबसायीको रुपमा नबुझिदिन बताउदै अती आवस्यक ग्यास जस्तो सम्बेदनशिल बस्तुको कारोबारलाई सेवामुलक ब्यबसायको रुपमा हेरिनु पर्ने बताउनु भएकोछ।यसैगरी प्रज्वलनशिल ग्यास बिक्रेताहरुको जीवन र फर्म जोखिमपुर्ण ब्यबसाय भएकोले ब्यबसायीहरुको फर्म तथा जिबन बिमा गर्ने ब्यबस्था मिलाउन संघलाई आग्रह गर्नु भएकोछ।

संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलले संघको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा संघको सल्लाहकारहरुको तर्फबाट रामेश्वर शर्मा शाखाहरुको तर्फबाट तिलत्तोमा शाखाका अध्यक्ष ज्ञानेन्द्र बञ्जाडे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

संघका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षता,उपाध्यक्ष छबिलाल पन्थको स्वागत संघका महासचिब कल्पना कुवरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो भने चौथो अधिबेसनबाट निर्बाचित भै संघ र ब्यबसायीहरुको हितमा कार्य गर्नु भएका कार्यसमिति सदस्य तथा पदाधिकारीरुलाई सम्मान गरिएको थियो।कार्यक्रम हिमचुली होटल बुटवल उपमहानगरपालिका तामनगरमा भएको अधिबेशनले आगामी २ बर्षका लागि नया कार्य समिति समेत निर्वाचित गर्नेछ।