फेसबुकमा लाइभ गर्दै सन्की सैनिकले आफू संगै २७ जना मार्यो

प्रकाशित मिति:

थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रस्थित नाखोन शहरमा एक सन्की सैनिकले गोली चलाउँदा २७ जनाको ज्यान गएको छ । सपिङ सेन्टरमा छिरेर उक्त सन्की सैनिकले फेसबुकमा लाइभ गर्दै सर्वसाधारण मारेको हो । मलमा छिरेर उसले मानिसहरुलाई बन्धकसमेत बनाएर मारेको थियो ।

घटनामा दर्जनौं घाइते भएको बताइएको छ । घटना सपिङ सेन्टर र बुद्धिष्ट मन्दिर नजिक भएको हो । थाइ रक्षा मन्त्रालयलाई उधृत गर्दै बीबीसीले लेखे अनुसार आफू कार्यरत ब्यारेकबाट हतियार र गोली नियन्त्रणमा लिनुअघि त्यो सन्की सैनिकले आफ्ना कमान्डिङ अफिसरलाई गोली हानेको थियो ।

त्यसलगत्तै सपिङ सेन्टरमा पनि उनले जथाभावी गोली प्रहार गरेको सरकारी अधिकारीहरुले जनाएका छन् । गोली हान्ने सैनिकलाई सुरक्षा फोर्सले १७ घण्टासम्मको मुठभेडमा मारेको छ । फेसबुक लाइभ गर्दै उसले गोली हान्दा हान्दा औंला दुखेको बताएको थियो । उसले कोही पनि मृत्युबाट बच्न नसक्ने बताएको थियो ।स्वास्थ्य मन्त्रीले जानकारी दिए अनुसार ३१ जना घाइते भएका छन् । ती मध्ये १० जना गम्भीर छन् ।

थप समाचार