सिरहा, असोज २४ । सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले ढुङ्गामुढा गरी तोडफोड गरेका छन् ।
नगरपालिकाको परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उनी सवार ना १ झ १६३९ नम्बरको स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
ज्यान मार्ने उद्देश्यले योजनावद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ । नगरप्रमुख पासवानको गाडीमा हिजो साँझ ढुङ्गामुढा गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिए ।
- रासस












