मलाई चिन्ता छ मेरो देशको, अनि मेरो देशको सडकको

प्रकाशित मिति:

बबिता थापा – आज २१औ शताब्दीमा पनि मेरो देशको सडकको स्थिति नाजुक छ। यसरी दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घटनाले म मात्र नभई आम नेपालीमा चिन्ता अनि डर फैलिएको छ ।आखिर कहिले सम्म हुन्छ त सरकार दुर्घटना ?

के नेपाल सरकारले बाटो निर्माणको लागि ढिलासुस्ती गरेकै हो त??दिनहुँ दुर्घटना बढ्दा पनि किन मौन छ सरकार??प्राकृतिक नियमबाट दुर्घटना हुनु स्वाभाविक थियो तर साघुरो बाटो फराकिलो नबनाउनु हजुरको दोष हो कि सडक निर्माण बन्दै गर्दा बिचमै ठप्प भईदिन्छ आखिर किन?सडकका लागि छुट्टयाइएको काम सडकमै सिमित नभएर पो हो कि?आखिर किन हजारौ युवाको ज्यान सडक दुर्घटनाले हुँदा पनि सडक भएन त?

सडक दुर्घटनाबाट आफू बचौ र अरूलाई बचाउ भन्ने अभियानताको साथ सडक मा भएको जेब्राक्रसबाट बाटो काटिरहदा पनि दुर्घटना नभएको होइन जब जेब्राक्रस आउँछ तब निश्चित ठाउँमा यातायात तिव्र गतिलाई कम गरि पैदल यात्रुलाई ढुक्क साथ बाटो क्रस गर्न दिनु र मात्र चलाउन के बेठीक हो ला र?

यातायात नभई नहुने र हुँदापनि ज्यानको खतरा भोग्नुपर्ने आँखिर किन? के हामीले सडक नियमको पालनालाई मनैदेखि लागु गर्न सकिदैन?

हामी मानवले नै यो दुर्घटना रोक्न सक्छौ यातायातको गति कम गर्ने ओभरट्याक हटाउने यातायात चलाउँदा यससम्बन्धी नियम पालना गरे कसैको पनि अकालमा जादैनथ्यो प्राकृतिक नियमबाट भएको भयावह दुर्घटना हटाउन क्षतिग्रस्त ठाउँमा छेकवार लगाई ट्रयागिङ गर्ने निश्चित ठाउँमा पैदल यात्रुलाई नियम अनुसार बाटो क्रसिङ गर्ने तालिम सिकाउने विभिन्न सडकमा सडक नाटक मात्र नभई आउने पुस्तालाई पनि सिकाई यससम्बन्धी नियम लागू गरि दुर्घटना न्यूनीकरण रोक्न सकिन्छ । यससम्बन्धी ध्यान सरकारले कहिले पुर्याउने?