गोरखा अस्पतालको नेतृत्व पुरुषोत्तम अर्यालको हातमा

प्रकाशित मिति:

असोज २४ गोरखा  । गोरखा अस्पताल व्यवस्थापन समितीको अध्यक्षमा पुरुषोत्तम अर्याल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयवाट अर्याललाई ३ बर्ष कार्यकालका लागि नियुक्त गरिएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकाश मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

नवनियुक्त अध्यक्ष अर्यालले अस्पताल विकाशमा आफुले अस्पतालबाट प्रबाह हुने स्वास्थ्य सेवा विस्तार तथा सेवाको प्रभावकारिता र गुणस्तरमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।