पत्रकार शर्माको परिवारलाई सम्पादक शिवाकोटीको आर्थिक सहयोग

प्रकाशित मिति:

सुर्खेत – बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गरेका छन्। नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले सुर्खेतमै पुगी पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई शुक्रबार २५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्।

झ्न्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कात्तिक २८ गते निधन भएको थियो। शर्माकी आमा र बहिनी छिन्। परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार पारिवारिक जटिलताबाट गुज्रिरहेको छ।

थप समाचार