रुपन्देही टेनिस सघंका अध्यक्ष सन्जय श्रेष्ठ संगको कुराकानी
तपाइको नेतृत्व आइसकेपछी टेनिस खेल रुपन्देहीमा कसरी अगाडी बढ्ीरहेको छ ?
भर्खर मात्र मेरो नेतृत्वमा नया टिम आएको छ । बार्षीक क्यालेण्डर बनाएर कार्यक्रम गर्ने छौ । हाम्रो टिम निकै सशक्त छ । सबै पेशा ब्यबसाय जागीर गरेका ब्यक्तिहरु हाम्रो सघंमा आबद्ध हुनुहुन्छ । त्यसैले पनी सबैको साथ सहयोग र सल्लाह अनुसार बिधालयलाइ फोकस गरेर टेनीस प्रतीयोगीता र प्रशिक्षण सन्चालन गर्ने छौ । खेलकुदसग सम्बन्धि सघंसस्थाले बजेटको ब्यबस्था गर्नै हो भने आगामी दिनमा देबिनगरकै कोर्टमा अन्र्तराष्ट्रिय स्तरका खेलाडीहरुलाइ ल्याएर प्रतीयोगीता गर्ने सोच बनाएका छौ । जसले गर्दा खेलपर्यटनको बिकासमा पनी सघाउ पुर्याउने बिश्वास लिएको छु ।
टेनिस आफैमा महङ्गो खेल मानिन्छ , के बुटवलमा अन्र्तराष्ट्रिय प्रतीयोगीता सम्भब छ ?
निकै महत्वपुर्ण प्रश्न उठाउनुभो । हामीमा इच्छाशक्ति हुनुपर्यो । अहिले हामीसग जम्मा ४ वटा कोर्टमात्रै उपलब्ध छन । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार ६ वटा कोर्टभएको खण्डमा मात्र अन्र्तराष्ट्रिय प्रतीयोगीता सन्चालन गर्न पाइन्छ । हामीकहा त्यो अहिले सम्भब छैन । बुटवल उपमहानगरपालीकाले जग्गा उपलब्ध गराइदिने र आवश्यक बजेट बिनियोजन गरिदिने हो भने अबको केहि बर्षपछी बुटवलमा पनी लन टेनिसको अन्र्तराष्ट्रिय खेल खेलाउन सकिने छ । साच्चिनै खेलकुद र लनटेनिसको बिकास गर्ने हो भने यहाका सरकारी निकाय ,सघंसस्थाहरुले खेलकुदलाइ हेर्ने नजर बदल्न जरुरी छ ।
३) प्रतीयोगीतालाइ निरन्तरता दिन कत्तिको चुनौती छ ?
सबैभन्दा चुनौती आर्थिक नै हो । साथीभाइ सघंसस्थाको सहयोगबाट कार्यक्रम गरिरहेका छौ । अहिले कै कुरा गर्नुहुन्छ भने सबै पदाधिकारी र सदस्यहरुबाट पैसा उठाएर कार्यक्रम आटेका छौ । लाखौ खर्च हुने यस्ता कार्यक्रममा सधै गोजीको पैसाबाट गर्न सकिदैन । खेलकुदको बिकासका लागी स्थानीय सरकारबाट आर्कषक बजेटको ब्यबस्था हुनुपर्यो । खेलको बर्गिकरण गरेर बजेट बिनियोजन गरी खेलकुदलाइ सबैले प्राथमिकतामा राख्ने हो भने शानदार रुपमा हाम्रा कार्यक्रम नियमीत हुदै जानेछन ।










