अख्तियारकाे फन्दामा लालबाबु

प्रकाशित मिति:

असोज २५ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाले पर्साका शिक्षा विभाग तथा समन्वय इकाइ प्रुमख लालबाबु साहलार्इ घुस लिँदालिँदै पक्राउ गरेकाे छ ।

अायाेगकाे टाेलीले साहलाई ४० हजार रूपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो। पर्साको जगरनाथपुर गाउपालिकामा-३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम फुकुवाका लागि भन्दै यादवले ४० हजार घुस मागेका थिए ।

यादवलाई वीरगञ्ज महानगरपालिका-१४ चिनी मिल आवास क्षेत्रस्थित साहको सरकारी निवासबाट अख्तियारले नियन्त्रणमा लिएको हाे।उनलार्इ अायाेगकाे हिरासतमा राखेर थप अनुसन्धान भर्इरहेकाे जनाएकाे छ।