काठमाडौं/बलिउड अभिनेत्री तथा फिटनेश आइकन शिल्पा शेट्टी कुंन्द्रा दोस्रो पटक आमा बनेकी छन् । उनको पहिलो सन्तान एक छोरा पनि छन्, विवान कुंन्द्रा ।४४ वर्षीया अभिनेत्री शिल्पाले दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले आफ्नो छोरीको नाम समिषा शेट्टी राखेकी छन् ।वास्तवमै भन्नुपर्दा अभिनेत्री शिल्पा शेट्टीले सरोगेसीको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । १५ फेब्रुअरीमा छोरी समिषाको जन्म भएको हो ।
तर, भर्खरै मात्र अभिनेत्री शिल्पा शेट्टी र उनका श्रीमान राज कुंद्राले यसलाई सार्वजनिक गरेका हुन् । उनीहरुले एउटा तस्वीर पनि सार्वजनिक गरेका छन् । उक्त तस्वीर सार्वजनिक भएसँगै शिल्पालाई बधाई दिनेहरुको लाइन लागेको छ ।अभिनेत्री शिल्पाले सोसल मिडिया इन्स्टाग्राममा लेखेकी छन्, ‘ओम श्री गणेशाय नमः, हाम्रो प्रार्थनाको जवाफ एक चमत्कारको साथमा भेटायौं । हामीले आफ्नो सानी छोरी समिषा शेट्टी कुंद्राको जन्मको घोषणा गर्दा निकै रोमान्चित छौं ।’ल्पाले सेयर गरेकी तस्वीरमा समिषाले आमा शिल्पाको औंला अठ्याएकी छन्, तर तस्वीरमा छोरी समिषाको अनुहार भने देखाइएको छैन ।