दशैं सांस्कृतिक सांझ -२०७५ को तयारी तिब्र , २९ गते सोमबार घंकिदै अमरपथ !

प्रकाशित मिति:

असोज २५ बुटवल ।
“नेपाली कला र संगितमा समर्पित” सप्तरङी कला केन्द्रले समाजमा लुकेका र लोभ भई जान लागेको सांस्कृतिक नृत्य कलालाई उजागर गर्ने र समाजका विकृतीहरुको बिरुद्दमा जनचेतना फैलाउने हेतुले स्थानिय संक्रिती लाई बढवा दिदै यही मिती २०७५ साल असोज महिनाको २९ गते साझँ ३ : ३० बजे बुटवल ५ अमरपथ प्रहरी बिट अगाडि बिबिध सांस्कृतिक कार्यक्रम गर्न गइरहेको छ ।

सप्तरङी कला केन्द्रले बिगतका बर्षहरुमा पनि हिन्दू नेपालीहरुको महान चार्ड बडा दसैंको पुर्बसन्ध्यामा स्थानिय परीबेशका कार्यक्रम गर्दै आईरहेको र कार्यक्रमको तयारी तिब्र रहेको संयोजक अर्जुन गुरुङले सबलपोस्टका डेस्क सम्पादक राम भण्डारीलाई जानकारी दिनुभयो साथै उहाँले उक्त कार्यक्रमलाई सफल बनाउन आफुसक्दो सहयोगकालागि रुपन्देहीमा रहेका उध्योग ,कलकारखाना तथा बिभिन्न संघसस्थाका साथै बुटवल बासी आमाबुवा ,दाजुभाई तथा दिदीबहिनीहरुमा सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।
उक्त कार्यक्रममा कलाकारहरु:

सुनिता थापा ( पावर अफ डाण्स सिनियर बिजेता )

मिली के. सि ( पावर अफ डान्स जुनियर बिजेता )

भावना पुन ( रुद्रपुर दान्स आइडल बिजेता )

पूजा बस्नेत डान्स स्टार फर्स्ट रनरअप

लगाएतका एक दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने डान्स निर्देशक सुनिता थापाले बताउनुभयो ।
सप्तरङी कला केन्द्रले सदैब नयाँ प्रतिभाहरुलाई प्रोत्साहानका साथ नृत्यङगाना सिकाउदै आएको प्रबन्ध निर्देशक रवी थापाले जानकारी दिनुभयो ।

सप्तरङी कला केन्द्रकी सल्लाहकार एबम कार्यक्रमका सह-संयोजक बिष्णु गुरुङ (सिन्धु) ले कार्यक्रमको संचालन गर्ने संयोजक अर्जुन गुरुङले बताउनुभयो ।